अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

पर्यटन पत्रकार संघ अध्यक्षमा नारायण भण्डारी निर्वाचित

बिआरटीनेपाल २०७४ भदौ २५ गते २२:२४ मा प्रकाशित

काठमाडौँ, २५ भदौ । पर्यटन पत्रकार संघ (जाट) नेपालको अध्यक्षमा नारायण भण्डारी निर्विरोध निर्वाचित हुुनुभएको छ । संघको आज भएको सातौँ वार्षिक साधारण सभाले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शेखर अधिकारी, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा कुमार चौलागाईँ र कोषाध्यक्षमा राजीव जोशी निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा अच्युत रेग्मी, किशोर बस्नेत, श्रीहरि श्रेष्ठ, सविता उप्रेती, शंकर प्रधानाङ्ग, किशोर खड्का र मोहन मैनाली निर्वाचित हुनुभएको छ । कूल १५ सदस्यीय कार्यसमिति रहने उक्त संघमा दुईजना सदस्य पछि मनोनित गरिने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले पर्यटन प्रवद्र्धन गरी देशको आर्थिक विकासका लागि आफ्नो कार्यसमितिको मुख्य लक्ष्य रहने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू