अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

नेपाल आइडलविरुद्ध जिल्ला अदालतमा परेको रिट खारेज

बिआरटीनेपाल २०७४ भदौ २३ गते ११:४२ मा प्रकाशित

नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडल विरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो ।

अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।  यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइल सहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो ।

प्रतिक्रिया