अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

ग्रीसमा नेपालको प्रस्तुति उत्कृष्ट

बिआरटीनेपाल २०७४ भदौ २२ गते १२:५९ मा प्रकाशित

काठमाडौँ । सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले हाल ग्रीसको स्कोपेलोस तथा सालोनिकी सहरको छुट्टा छुट्टै अन्तर्राष्ट्रिय लोक सांकृतिक मेला August 26 देखी September 04 सम्म आयोजित मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ | 

एभरेष्ट नेपालका कल्चरल ग्रुप प्रमुख रामचन्द्र कोइराला (आर.सी) को संयोजकता तथा ग्रुपका निर्देशक मिराज कोइराला र शीतल आचार्य (सिता) को अगुवाईमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो | उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, झोडा, सतार , शेब्रु, धिमाल, यती झाक्री, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो|

मेलालामा ग्रुपका प्रमुख रामचन्द्र कोइराला (आर.सी), निर्देशक मिराज कोइराला र शीतल आचार्य (सिता), शम्भु शाही, कृष्ण रेउले, रुपिन डङोल, राजु गिरी, सपना महर्जन, अनिता अधिकारी (अनु), सिमरन शाही, प्रमिला रिजाल लगायत कलाकार हरू सहभगि भएका थिए | 

सो अवसरमा ग्रुपका निर्देशक मिराज कोइराला र शीतल आचार्यले स्कोपेलोस तथा सालोनिकी सहरका नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाब तथा आयोजकलाई भेटि नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताउनुभयो |

“मेलामा सहभागी जनाउदा कतिपय राष्ट्रका नागरिकले नेपालको नामै नसुनेको, सगरमाथा (एभरेष्ट)को नाम सुनेको तर कहाँ पर्छ भन्ने पनि थाहा नभएको, बुद्ध जन्मियको ठाउँ भन्ने पनि थाहा नपाएको देखिन्छ त्यति बेला आफ्नो मननै भक्कानिएर आउँछ, एकदमै दुख लाग्छ |” प्रमुख आर.सी. कोइरालाले भन्नु भयो| उहाँले अगाडि भन्नु भयो “नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिलाई बिश्वब्भर नेपाललाई चिनाउने र नेपाली सस्कृति मार्फत विश्वभर राजदूतको काम गर्ने कलाकार तथा सस्थालाई राज्यले बेवास्ता गरेको हुँदा दुखलाग्छ | कला सस्कृतिलाई प्रबन्धन तथा सम्बर्दन गर्ने संस्था, कलाकारहरू राष्ट्रको सम्पति हुन् भन्ने कुरा राज्यले बुझ्न गरुरी छ|”

प्रतिक्रिया