अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

विद्युतको महशुल घटाएर पनि विद्युत प्राधिकरणलाई फाईदामा लिन सकिन्छ – मन्त्री शाही

बिआरटीनेपाल २०७४ भदौ २२ गते ११:०९ मा प्रकाशित

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको महशुल घटाएर पनि नेपाल विद्युत प्राधिकरणलाई फाईदामा लिन सकिने बताउनुभएको छ । मन्त्री शाहीले विद्युतको महशुल बढाएर मात्र फाईदा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण , बिद्युतको गुणस्तर बृद्धि , ट्रान्समिसन लाईन र ट्रान्सर्फमरको सही सदुपयोग लगायतका क्रियाकलाप गरेर प्राधिकरणलाई फाईदामा लिन सकिने बताउनु भएको हो ।

विद्युतको महशुल बृद्धि हुन रोकेर ठुलो सहयोग गरेको भन्दै बधाई तथा धन्यवाद दिन मन्त्रालय पुगेका उद्योग बाणिज्य महासंघका प्रतिनिधिसंग छलफल गर्दै मन्त्री शाहीले चुहावट नियन्त्रणको अभाव , पुरानो प्रबिधि र तारको प्रयोग , ट्रान्सफर्मरको दुरुपयोगले विद्युत प्राधिकरण घाटामा गएको टिप्पणी गर्नुभयो ।

उद्योग बाणिज्य महासंघका प्रतिनिधिले उद्योग धन्दामा नियमित विद्युतको आपुर्तीमा समस्या भएको , विद्युतको गुणस्तर बृद्धिमा ध्यान दिनुपर्ने , पटक पटक विद्युत आउने र जाने गर्नाले उद्योग धन्दामा प्रयोग भएका विद्युतीय सामाग्रीमा असर पर्ने गरेको जस्ता समस्याहरु संबोधन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू