अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

‘मंगलम’को फस्टलुक, पहिलो गीत र प्रदर्शन मिती आक्रमक – छविराज ओझा चर्चामा

बिआरटीनेपाल २०७४ भदौ २१ गते १८:५४ मा प्रकाशित

निर्माता छविराज ओझाको नयाँ चलचित्र ‘मंगलम’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार चलचित्रको फस्टलुक सार्वजनिक गरेको ‘मंगलम’ युनिटले बुधबार आफ्नो पहिलो गीत पर्ख पर्ख मायालु हाईलाईटस् नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरेको हो ।

नेपाली सिने क्षेत्रमा सफल निर्माताको परिचय बनाएका छविराज ओझाले मंगलबार चलचित्रको फस्टलुक सार्वजनिक समारोहमा चलचित्र चलचित्र प्रदर्शनको मिती पनि सार्वजनिक गरे । यो चलचित्र प्रदर्शनमा आउन समय लाग्न सक्ने सोचिरहेका दर्शक र पत्रकारहरुलाई अचम्ममा पारेर छविले चलचित्र असोज ११ मा रिलिज हुने बताएपछि उनको यो आक्रमक शैलीको पनि चर्चा भै रहेको छ ।

खाष गरि चलचित्र निर्माणको सुरुवात देखी नै प्रचार प्रसारमा चलचित्र युनिट लागेको देखिन्छ तर उनले फस्टलुक सार्वजनिक गरेको दिन २२ दिनमा नै मंगलम प्रदर्शनमा आउने खुलासा गरे साथै उनले चलचित्रको पहिलो गीत पनि बुधबार मात्र सार्वजनिक गरेपछि यो उनको आक्रमक शैलीको चर्चा चलेको छ ।

सार्वजनिक फस्टलुकमा चलचित्रमा अतिथी भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फस्ट लुकमा राखिएको छ । पोष्टरमा साम्राज्ञीको हातमा एउटा फ्रेम छ, जसमा नायिका शिल्पा पोखरेल, नायकद्धय पुष्पल खड्का र पृथ्वीराज प्रसाईलाई देख्न सकिन्छ । भने सार्वजनिक गीत पर्ख पर्ख मायालुमा कलाकार शिल्पा पोख्रेल र पुष्प खड्कालाइ देख्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा दीपक शर्माको शब्द तथा संगीत र कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको छ ।

नायिका शिल्पा पोखरेलको प्रस्तुती रहेको ‘मंगलम’लाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल, पुष्पल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा देखिएका छन् । गोविन्द फुँयालको कथा रहेको चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, नवल नेपाल र गोविन्द फुँयालको संवाद, मित्रदेव गुरुङको सम्पादन र दिपक शर्माको संगीत रहेको छ ।

 

प्रतिक्रिया