अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

‘विजय भवः’ भन्दै कांग्रेसका मेयर उम्मेदवार मनोज साहको समर्थनमा जनकपुरबासी

बिआरटीनेपाल २०७४ भदौ २० गते ९:१३ मा प्रकाशित

नेपाली कांग्रेसबाट जनकपुर उपमहानगरपालिकामा मेयरका उम्मेदवार मनोजकुमार साहलाई स्थानियहरुले “विजय भवः” भन्दै अवीर माला पहि¥याएर भब्य स्वागत गरिएको छ । कांग्रेसका मेयर उम्मेदवार साह वडा नं. १४ स्थित सिनरजोडामा आयोजित वडा भेलामा पुग्नुभएको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै साहले जनकपुर उपमहानगरपालिकाको समग्र विकास गर्न नेपाली कांग्रेसले अगाडि सारेका दक्ष, सक्षम र ईमान्दार उम्मेद्वारहरुलाई मतदान गरि विजय गराउन आग्रह गर्नुभयो । उहाँले वडामा नापी कार्य नभएर नागरिकले सास्ती पाएकोले आफूले अभिलम्व नापी गराउन पहल गर्ने बताउनुभयो ।

उहाँले जनकपुर उपमहानगरपालिकालाई सफा, स्वच्छ र हराभरा नगरको रुपमा विकास गर्न कर्मठ ईमान्दार र संघर्षशील युवालाई जिताउन आवश्यक रहेको वताउनुभयो ।

पार्टी प्रवेशको लहर

कार्यक्रममा सिजोतिया देवि दास, पल्टी देवि दास, सिकिलिया देवि दास, झटोलिया देवि दास, दुलारी देवि दास, परमेश्वर दास, शिव शंकर दास, श्याम दास, मुनेश्वर दास, धनेश्वर दास, प्रदिप दास, असर्फी दास, जितेन्द्र दास लगायत लगायतका सयौं युवा तथा महिलाहरु नेपाली कांग्रेसमा जनकपुर मेयरका उम्मेदवार तथा नगर सभापति मनोज साहबाट सदस्यता ग्रहण गरी पार्टी प्रवेश गर्नुभएको छ ।

सो कार्यक्रममा उपमेयरकी उम्मेदवार निलम कर्ण, नेपाली कांग्रेसका वद्री नारायण यादव, हरि राउत, वडा १४ का उमेदवार रामवरण पासमान, श्रीप्रताप यादव लगायतका वक्ताहरुले जनकपुरका उपमहानगरपालिकाका वडा वडाको विकासको लागि नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न नगरवासीसंग अनुरोध गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू