अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

दशैंका लागि भदौ २८ गतेबाट नयाँ नोट सटनी

बिआरटीनेपाल २०७४ भदौ १९ गते ११:४३ मा प्रकाशित

 

हरेक बर्ष झैं यो बर्ष पनि बैंकले दशैंका लागि नयाँ नोट साट्ने भएको छ । दशैंका लागि नेपाल राष्ट्र बैकको केन्द्रीय कार्यालय थापाथली सहित नेपाल बैक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट भदौ २८ गतेदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको हो ।

राष्ट्र बैंकले निकालेको सूचना अनुसार एकजना ब्यक्तीले २० हजारसम्म सटही पाउनेछन् जसमा ५, १०, २०, ५० र १०० का नयाँ नोट हुनेछन् ।
यस्तै राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँ सम्म नोट सटही गर्न सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू