अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

साल्ट ट्रेडिङको सुपथ मुल्य पसल भक्तपुरबासीलाई ‘हात्तीको मुखमा जीरा’

बिआरटीनेपाल २०७४ भदौ १९ गते १०:३९ मा प्रकाशित

सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मुल्य पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मुल्य पसल सञ्चालनमा ल्याईएको हो ।

उपत्यकामा १३ स्थानमा यस्ता पसल सञ्चालनमा आएपनि भक्तपुर जिल्लाभरका लागि सूर्यविनायकमा एउटा मात्रै सुपथ मुल्य पसल सञ्चालनमा आएको छ ।

भक्तपुरको जनघनत्वलाई हेर्दा यो पसल हात्तिको मुखमा जिरा जस्तै भएको छ । शुक्रबारदेखि उक्त पसल सञ्चालनमा आएपनि भक्तपुरबासीले आजसम्म पसल सञ्चालन भएको खबर नै पाउन सकेका छैनन् ।

पसलमा पनि आबश्यकता अनुुसारका खाद्य बस्तु छैनन भने भक्तपुरका लागि यो पसल नाम मात्रैको देखिएको स्थानीयले गुनासो गरेका छन् ।

सुपथ मुल्यमा नुनमा प्रति केजी दूई, चिनीमा प्रति केजी ५, तेल प्रतिलिटर ३ देखि ५ रुपैयाँ, दालमा प्रति केजी ५ देखि ३५ रुपैयाँ, चामलमा प्रति बोरा १ सय देखि १ सय ५० रुपैयाँसम्म बजार मुल्यको तुलनामा सस्तो रहेको साल्ट ट्रेडिङद्वारा सञ्चालित भक्तपुर स्टलले जनाएको छ ।

भक्तपुरमा गत बर्ष ६० लाखको कारोबार भएकोमा अहिलेपनि त्यहि मात्रामा कारोवार हुने साल्ट ट्रेडिङले जनाएको छ ।

प्रतिक्रिया