अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

मिस पूर्वाञ्चलका सहभागीलाई इपिएस तालिम

बिआरटीनेपाल २०७४ भदौ १८ गते १४:४० मा प्रकाशित

मिस पूर्वाञ्चलका सहभागीहरुलाई ५ दिने इपिएस तालिम आइतबार सम्पन्न भएको छ ।  धरान–१८ स्थित धरान इन्टरनेशन कलज अफ होटल म्यानेजमेन्टको सभाहलमा सम्पन्न तालिममा प्राध्यापक तथा बरिष्ठ प्रशिक्षक राजबिमल श्रेष्ठ, प्राध्यापक रविन्द्र थापाले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।

मिस पूर्वाञ्चलमा सहभागीहरुको व्यक्तित्व विकासका लागि विभिन्न प्रशिक्षण तथा फिल्ड भिजिट लगायतका तालिम दिइने मिस पूर्वाञ्चलका आयोजक सिल्भर इन्टरटेनमेन्टका सौरभ श्रेष्ठले बताए ।  उनका अनुसार यस अघि पत्रिकारीता सम्बन्धित प्रशिक्षण ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोर कुमार कार्कीले दिएको साथै सञ्चारकर्मी सुरेश राईले उद्घोषण कला सम्बन्धि प्रशिक्षण गराएको जानकारी दिएका छन् ।

मिस पूर्वाञ्चलका सहभागीहरुसँग चलचित्र निर्देशक दिपक श्रेष्ठ, प्राध्यापक तारा चाम्लिङ, गायक नवराम राईले अन्तरक्रिया गरेका थिए । पूर्व मिस पूर्वाञ्चल नेमिता आङबुहाङले सौन्दर्यको विषयमा प्रशिक्षण दिइसकेको साथै निसुङ्मा ब्युटि पार्लरकी सञ्चालक विष्णु लिम्बूले मेकअप सम्बन्धि र फोटोग्राफि सम्बन्धि नरेन राई र फेसन सम्बन्धी चर्चित फेसन डिजाइनर अमृत कुवरले फेसन टिप्स सम्बन्धी प्रशिक्षण दिएका थिए ।

सौन्दर्यमा आफ्नो शरिर तथा अनुहारमा छाला (स्किन) महत्वपूर्ण हुने भन्दै बरिष्ठ छाला रोग विशेषज्ञ डा. धनकेशर खड्काले छालाको महत्व तथा हेरचाहको विषयमा समेत मिस पूर्वाञ्चलमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।  मिस पूर्वाञ्चलमा सहभागीहरुलाई उत्कृष्ठ बनाउने उदेश्यले विभिन्न ट्रेनिङहरु दिइएको साथै समाजप्रति आफ्नो उत्तरदायी तथा जिम्मेवारी सिकाउन विभिन्न स्थानको भ्रमण गराइएको र व्यक्तित्व तथा चौतर्फी विकासको निम्ति विभिन्न प्रशिक्षण दिइएको आयोजक सौरभ श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया