अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

अधकट्टिका नायक प्रदीप बास्तोला ‘पैसा’ लिएर बजारमा (भिडियो)

बिआरटीनेपाल २०७४ भदौ १८ गते ५:४३ मा प्रकाशित

तिम्रो फिगर कोकाकोला बोलको गीताबाट धेरै दर्शक स्रोताको मन जित्न सफल नायक प्रदिप बास्तोला अहिले पैसा बोलको म्युजिक भिडियोमा देखिएका छन। पृथक बिषय वस्तु समवेश भएको यस भिडियोमा प्रदीप ले अहिलेको समयमा पैसाको महत्व दर्शाउनुका साथ-साथै यस्बाट उत्पन्न हुन सक्ने समस्याबाटपनि दर्शक- स्रोतोलाई आफ्नो तरिकले सावधन रहन सचेत गराएको पाइन्छ ।

आफ्नै शब्द, संगीत र गायन रहेको उक्त म्युजिक भिडियोको निर्देशन पनि बास्तोला आफैले गरेका हुन ।   भिडियोमा प्रदीप का साथै बिजु शर्मा र श्रद्धाप्रसाइको पनि उत्कृस्ट अभिनए देख्न पाइन्छ ।

अहिलेको बद्लिदो प्रबिधी को प्रयोग गरी निर्माण गरिएको म्युजिक भिडियोको छायङ्कन मिलन शंकर ले  गरेका हुन भने  सम्पादन ॐ प्रसाईले गरेका छन ।निकै नै स्टाइलिस ढङमा ज्ञाङ्स्टर्को भूमिका निभाएका प्रदीप बस्तोला भन्छन्, “अहिलेको समयमा पैसाको महत्व धेरै छ, पैसाले गर्न नसकिने काम कमै छनतर यस्को महत्वकाङ्छ्या र दुरुपायोग गरीनाले बिकृती र विनाश पनि सङ्- सँगइ भितृदै छ । मैले यस्तै कथा-वस्तु भिडियोमा समवेश गरेको छु, आशा छदर्शक्-स्रोताले मन पराइदिनु हुन्छ ।”

दम्दार शब्द, उत्कृश्ट संगीत सम्योजन्, आकर्शक अभिनए र फिल्मी प्रस्तुती मुख्य आकर्शन रहेको उक्त म्युजिक भिडियो प्रदीप ले आफ्नो युट्युबच्यानलबाट सार्वजनिक  गरेका छन ।

प्रतिक्रिया