अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

नेपाल आईडलका निसान भट्टराईको सिंगल ट्रयाक एल्वम ‘कतै मिलन’ सार्वजनिक

बिआरटीनेपाल २०७४ भदौ १२ गते २१:२५ मा प्रकाशित
धेरै गायक गायिकाहरुको मनमा बस्न सफल एउटा नाम हो सुभाष प्रधान। बिगत ९ बर्ष देखि नेपाली कलाकारहरुको सांगीतिक गतिबिधिलाई सफल बनाउन यी व्यक्ति फेरी पनि खुशीले हर्सित छन् ।  नेपाल आइडलका दाबेदार तथा हुनाहार गायक निशान भट्टराईको सन्दर्भ :। अरुको खुशीमा सधै रमाउन खोज्ने सुभाष यति बेला निशानको सफलता र प्रगतिमा एउटा मेरुदण्ड भएका छन्।
मिडिया प्रमोटर सुभाष प्रधानले पहिलो पटक निशान भट्टराईको आवाज गायक तथा संगीतकार  सत्यराज आचार्यको मधुशालाको सांगीतिक भ्रमणमा तबला बादक बि। पी सिंहको मोइबाल फोनबाट एउटा अडियो सुन्ने अवसर पाएका थिए। सो अडियो सुने पछि उनले बि. पी सिंहलाई निशान सँग भेटाउन आग्रह गरे। तर निरन्तर दुई महिनाको फोन बार्ता पछि अन्तयमा निशान सँग भेट भयो म्यूजिक जोय मिडियाको अफिसमा जब निशानको आवाज गुन्जन्छ तब हरेको व्यक्तिको ध्यान अर्कै संसारमा पुगेको आभास हुन्छ भन्छन् सुभाष प्रधान।
केहि समय अगाडी सेलिब्रिटी म्यानेजमेन्ट नेपालले आयोजना गरेको “सोल्फुल भोइस” नामक एउटा सांगीतिक कार्यक्रममा उतारेका थिए नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईलाई सोहि कार्यक्रममा मिडिया प्रमोटर सुभाष प्रधानले निशानलाई एउटा सिंगल ट्राक एल्बम रेकर्ड गरिदिने बाचा गरे। नेपाल आइडलमा प्रवेश गर्नु २ घण्टा अगाडी उने उक्त गीतलाई रेकर्ड गरेका थिए। अहिले सोहि एल्बल “कतै मिलन” १९ सौ इमेज अवार्डमा सर्वोत्कृष्ट नव प्रतिभा, सर्वोत्कृष्ट बर्षको गीत र सर्वोत्कृष्ट संगीतमा मनोनयनमा परेको छ। सोहि गीतको संगीत किरण कडेल र रचना सुभाष गौतमले गरेका हुन् भने यसको अडियो बजार व्यवस्थापन म्युजिक जोय मिडियाले गरेको हो।

प्रतिक्रिया