अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

भक्तपुरमा ‘हाम्रो दशैं मेला’ आयोजना हुँदै

बिआरटीनेपाल २०७४ भदौ ११ गते २२:०४ मा प्रकाशित

दशैंको अवसर पारेर भक्तपुरमा दशैं मेला आयोजना हुने भएको छ । सल्लाघारी स्थित मैदानमा ‘हाम्रो दशैं मेला ‘२०७४ आयोजना हुने भएको हो ।

रफत संञ्चार क्लब भक्तपुरमा आयोजित पत्रकार संम्मेलनमा आयोजकले यहिँ भदौ ३० गतेदेखि असोज ५ गते सम्म एक हप्ते मेला संचालन हुने जनाएको छ ।
मेलामा भक्तपुरको कला संस्कृतिका साथै यहाँको उत्पादन देखि विभिन्न प्रतियोगीता, सांस्कृति झाँकि प्रहशन रहने आयोजकको संस्था चन्द्र सूर्य इभेन्ट्स प्रालिले जानकारी दिएको छ ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको चन्द्र सूर्य इभेन्ट्सका अध्यक्ष अमितलाल श्रेष्ठले बताएका छन् ।

नेपालीहरुको महान दशैं पर्वको अवसरमा मेला आयोजना हुने भएको दशैंका लागि आवश्यक समानदेखि भक्तपुरका स्थानीय मौलीक उत्पादनलाई पहिलो प्राथमिकतामा राखिने आयोजकको भनाई छ । स्थानिय उत्पादन प्रमुख रहने मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल समेत राखिने छन् ।

मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् ।
मेलामा विद्यार्थीको लागि प्रवेश शुल्क बिद्यार्थीहरुलाई ३० र अन्य सर्वसाधारणको लागि ५० रुपैँया तोकिएको छ । जेष्ठ नागरिक र पाँच बर्ष मूनिकाको हकमा निशुल्क प्रवेशको ब्यवस्था गरिएको आयोजनकाले जानकारी दिएको छ ।

टिकटबाट उठेको रकम मध्ये केही बाढि पीडित र केही भक्तपुरमा सक्रिय समाजिक संस्थालाई प्रदान गरिने मेला संयोजक रोजिन मिश्रले बताएका छन् ।
अवलोकन गर्न आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने छ । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने तथा २५ करोड बरारबरको कारोबार हुने अनुमान गरिएको छ ।

स्टलको शुल्क भने १८ हजारदेखि २५ हजारसम्म क्षेत्रफलको आधारमा तय गरिनुका साथै भक्तपुरका स्थानीय उत्पादन राख्नेलाई भने केही स्टल निःशुल्क हुने मेलाका बजार व्यवस्थापक सुरज प्रधानले बताएका छन् ।

उक्त मेलामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका सर्वसाधारणले अवलोन गर्ने आयोजकले जनाएको छ । मेलामा करिब २ सय ५ स्टल रहने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू