अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

चलचित्र निर्माण गर्दै मोडल तथा युवा उद्यमी निनाम हाङ राई

बिआरटीनेपाल २०७४ भदौ ९ गते २:३४ मा प्रकाशित

म्युजिक भिडियो मोडल तथा युवा उद्यमी निनाम हाङ राई पनि चलचित्र निर्माणमा देखिने भएका छन् । मोडलिङ र ब्यवसायमा नाम कमाएका राई ब्यवसायका लागि चलचित्र निर्माणमा आउन लागेका हुन् ।

राईले निर्माण गर्न लागेको चलचित्रको नाम अहिले गोप्य राखिएको छ । एक कार्यक्रम गरेर नाम सार्वजनिक योजना आफुले बनाएकोले अहिले चलचित्रको नाम गोप्य राखिएको राइले बताए ।

डेढ दशक अघिदेखि कलाकारिता सुरु गरेका राईले मोडलिङ गरेको ‘आधा माया’ र ‘भूईं सोरेर बिन्ती’ बोलको गीतले पछिल्लो समय धेरैको मनजित्न सफ भएको थियो ।

‘आधा माया’ बोलको गीतमा तुलसी पराजुली र मेलिना राईको स्वर रहेको छ ,भने पूर्वेली लोक भाका ‘भूईं सोरेर बिन्ती’ बोलको गीतलाई सुनिता थेगिम लिम्बू र तुलसी पराजुलीले स्वर दिएका थिए ।

अमेरिका, युके, हङ्कङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया, ताइवान, जर्मनी, फ्रान्स, पोल्याण्ड र पोर्चुगललगायतका मुलुकमा व्यवसायिक कामको सिलसिलामा भ्रमण गरेका राई चलचित्र निर्माणमा पनि आफु सफल हुने बताउँछन् ।

 

प्रतिक्रिया