अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

बिआरटीनेपाल २०७४ भदौ ७ गते ७:०३ मा प्रकाशित

पूर्वाञ्चलकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित नेपाल आईस नेचुरा‘मिस पुर्वाञ्चल’को आठौ संस्करणको पहिलो अडिसन दमकमा सम्पनन भएको छ ।दमकको कामक्ष होटेलमा सम्पन्न अडिसनबाट १२ सहभागी भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

अडिसनको निर्णयक प्राध्यापक राजेन्द्रजङ थापा र हिमसिखर टेलिभिजनका अध्यक्ष धुब्र न्यौपाने र मिस पुर्वाञ्चल २०१५ कि सेकण्ड रनरअप प्रमिसा बज्रचार्य रहेका थिए । सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठका अनुसार साउन ३२ र भदौ २ गते धरानमा अडिसन हुने भएको छ भने दमकमा साउन ३१ गते दोस्रो अडिसन हुने भएको छ ।

साउन २८ गते भएको अडिसनमा मौसमका कारण सबै सहभागीहरू छुटेका कारण भदौ १ गते पुनः अडिसन गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने आयोजकले जनाएको छ । साउन ३१ र ३२ गते धरानका विभिन्न कलेजमा मिस पुर्वाञ्चलको पब्सिटीका लागि कलेज क्याम्पिन गर्ने तयारी भएको आयोजकले जनाएको छ । मिस पुर्वाञ्चलको आठौ सस्करण भदौ ३१ गते धरानमा हुँदै छ ।

प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् ।प्रतियोगितालाई पूर्वाञ्चलव्यापी र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरू समेत राखिएको सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दीपक वनेपालीले बताए ।

सहभागीहरुलाई रक्तदान, ट्राफिक सेचतना र सरसफाईका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ ।ती कार्यक्रमहरू पूर्वका विभिन्न सहरहरूमा आयोजना गरिनेछ । अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१७ को उपाधिसँगै स्कुटी र अध्ययनका लागी छात्रवृत्ति र विदेश भ्रमणको अवसर दिइने आयोजकले जनाएको छ । 

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु १२ हजार नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बनेपालीले जानकारी दिए ।

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङले २०१३ मा नेहा बजाज,२०१४ मा नेमिता आङबुहाङ २०१५ मा प्रियङका श्रेष्ठ र २०१६ मा कृतिका गिरीले जितेकी थिए ।

प्रतिक्रिया