अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ भदौ ६ गते ६:४३ मा प्रकाशित

नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर सार्वजनिक भएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा नायक पल शाह नायिका आँचल शर्माका लागि पलले देखाएको प्रेम र बदलाको कथालाइ नितिनले चलचित्रमा उतारेका छन् । एड्रिउ पौडेलले चलचित्रमा लगानी गरेका छन् ।

भदौ ३० गतेबाट देशभरका हलमा रिलिज हुने छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ पछि पल शाह अभिनित अर्को चलचित्र रिलिज हुन लागेकाले पनि यतिबेला यसले धेरैको ध्यान खिचेको छ ।जोनी कसरी जेन्टल बन्छ भन्ने कथालाइ चलचित्रमा देख्न पाइनेछ । चलचित्रमा नविन निरौलाको सम्पादन, पारास विक्रम शाह र देव महर्जनको एक्सन, रुपेश थापा र रामशरण उप्रेतीको छायांकन छ ।

प्रतिक्रिया