अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

पिताको मुख हेर्ने दिन पारेर सार्वजनिक गरियो निरा शर्माको ‘बा’ कविताको गिती रुप (भिडियो)

बिआरटीनेपाल २०७४ भदौ ५ गते ०:४५ मा प्रकाशित

नेपाली साङ्गीतिक फाटमा आफूलाई छुट्टै पहिचान बनाउँदै आएकी कलाकार निरा शर्मा द्वारा रचित “बा” शीर्षकको कविता लाई सङ्गीतकार हरि लम्सालले सङ्गीत भरेर “बा” सम्बन्धीको एउटा मार्मिक गीत बनाएका छन् । सङ्गीतकार हरि लम्सालको आफ्नै स्वरमा रहेको यो गीतमा उनलाई चर्चित कार्यकम प्रस्तोता सबिना कार्कीले वाचनमा साथ दिएकी छिन भने हरि लम्साल स्वयम् आफ्नै एरेन्ज पनि रहेको छ यो गीतमा ।

उक्त गीत “बा” लाई हरेक नेपालीले आफ्नो बा को मुख हेर्ने दिनको अवसर परेर सार्वजनिक गरिएको छ । यस्तै गरी अत्यन्तै फरक ढङ्ग बात प्रस्तुत गरिएको अनि पृथक् प्रस्तुति रहेको यस गीतमा “बा” को पिडा लाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियो पनि बनेको छ भिडियोमा सुरज आचार्यको सशक्त अभिनय रहेको छ । यस्तै स्मृति श्रेष्ठ रावतको मेकअप, हरि न्यौपाने को छायाङ्कन, अनि सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो लाई सान थापाले निर्देशन गरेका हुन् ।

यस्तै यो गीतको रेकर्डिङ्गको बेला सङ्गीतकार हरि लम्साल आफ्ना स्वर्गीय बुवा लाई सम्झदै भक्कनिएका थिए भने उता सबिना कार्कीले पनि पनि बाचन गर्दा गर्दै आफ्नो बुवालाई सम्झेर रोएकी थिइन ।

प्रतिक्रिया