अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

गायिका सविना अधिकारीको ‘हातैमा चुरा’मा श्रृषा कुवर र अनिषको अभिनय (भिडियो सहित)

बिआरटीनेपाल २०७४ भदौ ३ गते ५:४२ मा प्रकाशित
गायक तथा संगीतकार तुला पर्वतको संगीतमा गायिका सविना अधिकारीले स्वर भरेको गीत हातैमा चुराको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार राजेन्द्र गौतमका शब्द शृजना रहेको गीतमा गायिका सविना सलल बगेकी छिन् । सार्वजनिक गीतको भिडियोमा पछिल्लो समय खुबै रुचाइएकी मोडल तथा गायिका श्रृषा कुवरको दमदार अभिनय रहेको छ । जसमा श्रृषालाई मोडल अनिष मगरले साथ दिएका छन् ।
वैशाँलु उमेरकी किशोरीले आफ्नो प्रेमीको कल्पना गर्दै हातमा चुरा पोते लगाउने,सिउँदोमा सिन्दुर सजाउने र डोली चढेर आफ्ना बेहुलालाई भेट्ने ग्रामिण परिवेशको यर्थाथलाई आफ्नो कल्पनामा उतारेको कुरालाई भिडियोमा देखाइएको छ ।
भिडियोको निर्देशन  निर्देशक युवराज वाईवाले गरेका गरेका हुन् भने निशान घिमिरेले सम्पादन । उत्सब दाहालले छायांकन गरेको भिडियोमा राम अधिकारीको लगानी रहेको छ ।  ड्रिम्स स्टुडियोमा रेर्कड गरिएको गीतलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया