अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

बाढिपिडितलाई सहयोग गर्दै नायिका पुजा शर्मा  र निर्देशक सुदर्शन थापा

बिआरटीनेपाल २०७४ भदौ २ गते ४:३७ मा प्रकाशित

पछिल्लो समय चर्चामा रहेकी नायिका पुजा शर्मा बिहिबार चितवन पुगिन् । चितवनको रत्ननगर ५ स्थित बाढि प्रभावित सुकुम्बासी बस्तीमा उनि पुग्दा स्थानियहरु हर्षित थिए । केहि दिनअघिको बाढिका कारण गास र बास नै उजाडिएका सुकुम्बासी बस्तीका स्थनियलाई राहत बोकेर पुजा बिहिबार बिहानै राजधानीबाट चितवन ओर्लेकी थिइन् । उनले सुकुम्बासी बस्तीमा १ लाखभन्दा बढिको खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामाग्रि हस्तान्तरण गरेकी छिन ।

म यस्तो गीत गाउँछु नायिकाबाट त्यहाँका करिब ६० घर सुकुम्बासीहरुले राहत पाएका छन । पुजा आफ्नै हातले बाढि पिडितहरुलाई राहत हस्तान्तरण गरिरहँदा भावुक देखिइन । सुकुम्बासी बस्तीको अवस्था र स्थानीयहरुको पीडाले उनी आफैलाई दुखेको बुझ्न सकिन्थ्यो । घरहरु अझै हिलाम्य छन, खाने कुरा छैन, लत्ताकपडा सबै बगाएको छ यहाँ अझै सहयोगको खाँचो छ – पुजाले सुनाइन ।

सहयोग र राहतको नाममा भाषण गर्ने, सामाजिक सञ्जालमा ठुला गफ लगाउनेहरुलाई पनि पुजाको यो कामले पाठ सिकाउने उनीसँगै राहत बोकेर पुगेका निर्देशक सुदर्शन थापा बताउछन । उनले जति सकिन्छ आआफ्नो स्थानबाट सबैले पिडितलाई सहयोग गर्नुपर्ने बताए । आफ्नो फिल्म हलमा लाग्दा लाइन लागेर हेर्न आउने दर्शकहरुको जस्तोसुकै समस्यामा साथ दिनुपर्ने पुजाको तर्क छ ।

बाढि आए लगतै फेसबुकबाटै प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी पुजाले अन्य कलाकार तथा सिनेकर्मीले पनि गफ नभई काम गरेर देखाउनुपर्ने बताइन । बाढिले प्रभावित जनतालाई अझै थप राहत बितरण गर्ने उनको योजना छ । पुजा र सुदर्शनसँगै राहत बाँड्न पुगेका निर्देशक शोभित बस्नेतले पुजाको कामको खुलेर तारिफ गरे । पुजाबाटै पाठ सिकेर अन्य कलाकर्मीहरु पनि सहयोगमा जुट्न सिनियर निर्देशक बस्नेतले आग्रहसमेत गरे ।

चलचित्र म यस्तो गीत गाउँछु सफल भएपछि चर्चामा रहेका नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले बाढिपिडितहरुलाई चामल, आलु, प्याज, नुन, तेल, चाउचाऊ, बिस्कुट, मसलालगायत विभिन्न कपडाहरु बितरण गरेका हुन । गत साउन २८ गते राप्ति नदिमा भीषण बाढि आएपछि उक्त सुकुम्बासी बस्ती पुर्ण रुपमा डुबानमा परेका थिए । 

 

प्रतिक्रिया