अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

बिरामीको स्वास्थ्यमाथी खेलवाड गरेको आरोपमा भरतपुर अस्पताललाई प्रशासनको चेतावनी (भिडियो)

बिआरटीनेपाल २०७४ भदौ २ गते २:५३ मा प्रकाशित

भरतपुर अस्पतालको आन्तरकि क्यान्टिन फोहोर अवेबस्थीत भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर अस्पतालले बिरामीका लागी खाना पकाउने भान्साघरको निरक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको हो ।

अस्पतालले आन्तरिक रुपमा सन्चालन गरेको बिरामीका लागी निशुल्क खाना खुवाउने क्यान्टिनको निरिक्षण गर्दा निकै साघुरो र सुरुगं जस्तो अवेबस्थीत स्थानमा खाना पकाएर बिरामीलाई खुवाउने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक प्रबिण तिवारीले बताउनु भयो । खाना पकाउने भान्सामा एकै ठाउमा फोहोर थुपार्ने त्यही ठाउमा खाना पकाउने र त्यही ठाउमा ढल फाल्ने गरेको कारण निकै दुगन्धित भेटिएको र पलास्टीक जन्य बस्तुहरुको प्रयोग गरी आगो बाल्ने गरेको पाईएको उहाले बताउनु भयो ।

त्यस्तै उत्पादन र उपभोग्य मिति समेत नभएको चामल पकाएर अस्पतालले बिरामीलाई खुवाउने गरेको भेटिएको उहाको भनाई छ । अस्पताल प्रशासनलाई दुई दिन भित्र भान्साघर सुधार गर्न निर्देशन दिएको र सुधार नगरे अस्पतालको भान्साघर बन्द गर्ने उहाले बताउनु भयो । आईतबार सम्म भान्साघरको ब्यवस्थापन नगरे बन्द गर्ने चेतावनी सहितको पत्र अस्पताललाई बुझाएको उहा बताउनु हुन्छ ।

बिरामीलाई खुवाउने खानामा अस्पतालले लापरबाहि गरी बिरामीको स्वास्थ्यमा खेलवाड गरेको उपभोक्ता अधिकार संरक्षण मन्चका चितवनमा उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो । आफुले पटक पटक भान्साघर ब्यवस्थापनमा आग्रह गरेपनी अस्पतालले ब्यवस्थापन गर्न नसक्दा साघरो कोठाभित्र खाना बनाउन निकै समस्या भएको भान्से बिष्णु बहादुर थापाले बताउनु भयो ।

अस्पतालमा भवनको अभावका कारण भान्साघरको उचित ब्यवस्थापनमा समस्या भएको र अव केही दिन भित्रैमा सबै ब्यवस्थापन गरीने अस्पतालका सुचना अधिकारी गोपाल पौडेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू