अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

बिपद् ब्यवस्थापन सरकारका लागि चुनौती बनेको छ – मन्त्री बिश्वकर्मा

बिआरटीनेपाल २०७४ साउन २९ गते २:०७ मा प्रकाशित

बाणिज्य मन्त्री मीन बिश्वकर्माले यति बेला बिपद् ब्यवस्थापन सरकारका लागि चुनौती बनेको बताउनु भएको छ ।  रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले लगातार बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो बिपद् ब्यवस्थापन गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज बस्ने मन्त्रीपरिषद्को बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताउनु भएको छ ।

कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

लगातार बर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएता पनि सरकारले बिभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने उहाँले बताउनु भयो ।

माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संबैधानिक संकटको अवस्था देखिने भन्दै उहाँले भन्नु भयो सरकारले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने छ ।

उहाँले भन्नु भयो संसद र प्रदेशको निर्वाचन एकै पटक गर्दा चार गुणा बढी जनशक्तिका साथै भौतिक साधनको आवश्यकता पर्ने भएको तर्फ निर्वाचन आयोगले निर्णय दिन नसकेको र सरकारले कसरी एकै पटक दुवै निर्वाचन गर्न सकिन्छ भनि निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा अन्यौलता बढेको उहाँले बताउनु भयो ।

संबिधान संसोधनको बिषयमा नेपाली काँग्रेसले सकेसम्म पास गराउने उद्देश्यका साथ बिपक्षी दलहरुसँग छलफल तिब्र रुपमा गरिरहेको र यस्तो अवस्थालाई ध्यान दिँदै राजपाले भाग लिनु पर्ने र संशोधनलाई पास गराउनु संशोधनको पक्षमा दुई तिहाई पुर्याउने वातावरण बनाउने तर्फ अग्रसर हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

वर्तमान सरकार दुवै छिमेकी देशसँग सम्बन्ध सुधार लागि अग्रसर रहेका बेला प्रधानमन्त्रीको भारत भ्रमण बिग्रिएको सम्बन्ध सुधार र ब्यापार घाटाका बारे छलफल हुने र चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हितानुकुल रहने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू