अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

आउँदो सेप्टेम्बर ८ मा कतारमा हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को ट्यालेन्ट राउण्ड सम्पन्न

बिआरटीनेपाल २०७४ साउन २७ गते ११:१३ मा प्रकाशित

विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को बुधबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । आउँदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको ‘मिस विश्वकर्मा इन्टरनेशनल’का जम्मा १५ प्रतियोगीतहरुले बुधबार राजधानीमा एक कार्यक्रमका बिच जज्हरुका सामु आफु भित्र भएको प्रतिभा देखाएका हुन् ।

प्रतियोगीहरुले कसैले गीत गएका थिए त कसैले नृत्य देखाएका थिए ।  मिस ट्यालेण्टमा प्रतियोगीहरु मध्ये सिर्जना विश्वकर्मा, रेश्मा सुनार र रचना बराइली गीत गाएका थिए भने गरिमा विश्वकर्मा, पुष्पा रामदाम, पुष्पा रामदाम, मनिषा गज्मेर, रुष्मा पटेलले, स्नेहा घतानी, शुशिला बिश्वकर्मा, जिना सेन्चुरी, निलम गज्मेर र सोनु बिश्वकर्माले नृत्य देखाएका थिए । साथै सबिना बिश्वकर्मा र सुजना खातीले स्पिच दिएका थिए ।

ट्यालेण्ट राउण्डमा आफ्नो प्रतिभा देखाएका प्रतियोगीहरु मध्ये जज्हरुले दिएको नम्बरको आधारमा टप ट्यालेण्ट छानिनेछ । ट्यालेन्ड राउण्डमा जज्को रुपमा संगीतकार राम सिटौला, गायिका जिना रसाइली, नायिका तथा मोडल शुभेक्क्षा थापा, मोडल निराजन लुईटेल र फेशन डिजाईनर सुनिता उप्रेती रहेका थिए ।
साथै अहिले तालिममा सहभागी मध्ये आउदो भदौ १ गते टप १० छानिनेछ ।

मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने आयोजक मोनाली इन्टरटेन्मेन्टका सञ्चालक दिपक बराइलीले जानकारी दिए । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया