अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

५१ बर्षपछि चलचित्र ‘माईतीघर’का माला सिन्हा र सिपी लोहनी नेपाल आउँदा (फोटो फिचर)

बिआरटीनेपाल २०७४ साउन २३ गते २०:५६ मा प्रकाशित

सोमबार २ :३० बजेदेखी भद्रकाली स्थित आर्मी अफिर्सर कल्व प्रागंगणमा सञ्चारकर्मी र नेपाली कलाकारहरुको भिड लागेको थियो । क्यामेरा बोकेका मिडियाकर्मी चनाखो बनेर कार्यक्र्रम हलको बाहिर उभिएका थिए ठुलो संख्यामा भने आकर्षक परिहरनमा सजिएका नेपालका नयाँ पुराना कलाकारका लागि पनि एउटा उत्सवमै सहभागी भएको प्रतक्ष्य देखिन्थ्यो । यो आकर्षण थियो ५१ बर्षपछि नेपाल आउँदै गरेका चलचित्र माईतीघरका नायक नायीका सिपी लोहनी र माला सिन्हाको ।
सबैको प्रतिक्षको केन्द्र बनेका माला सिन्हा र सिपी लोहनी मध्यान्न साढे ३ बजे आईपुगे आर्मी अफिर्सस कल्वको कार्यक्रम स्थल बाहिर । शैन्य बग्गी चढेर आएको यो जोडीलाई देखेपछि सबैमा एक प्रकारको नजानिदोँ भावुकता र खुसी देखीयो । गुलावी रंगको साडीमा अनुहारमा खुसी मिसाएर बग्गीभित्र बसेकी माला सिन्हाको उपस्थितीलाई उसैगरी स्वागत गरे नेपाली कलाकार र सञ्चारकर्मीले जसरी ५१ बर्ष पहिले निजी स्तरबाट बनेको पहिलो नेपाली चलचित्र माईतीघर छायाँकनका लागि उनि भारतबाट नेपाल आउँदा सबैको मनमा रौनकता थियो ।

सोमबार सम्पन्न एलजी सिने सर्कल अवार्डको सन्द्धर्व पारेन नेपाल आएका यी दम्पत्ती शुक्रबार राजधानी आईपुगेका हुन् । नेपालमा निजी लगानीबाट बनेको पहिलो चलचित्र माईतीघरको ५१ बर्षको ईतिहासको स्मृतीमा उनिहरु प्रमुख अतिथीका रुपमा नेपाल आएका हुन् । माईतीघर निजी स्तरबाट बनेको चलचित्र भएपनि नेपालको पहिलो चलचित्र आमा बन्नु अगाडी नै माईतीघर चलचित्र बन्ने तय भएको थियो । बिभिन्न कारणले माईतीघर चलचित्र बन्न नसकेपछि आमा नेपालको पहिलो चलचित्र बनेकाले पनि माईतीघर चलचित्रलाई महत्वका साथ हेरिन्छ । त्यो समयकी चर्चाको शिखरमा रहेकी नायिक माला सिन्हाले माईतिघर चलचित्र निर्माणमा भारतिय प्रवृधिलाई नेपाल भित्राउनमा ठुलो भुमिका निभाएकी थिईन् ।

 

सन् १९५० देखि सन् १९७० सम्म भारतीय चलचित्र उद्योगमा शीर्ष अभिनेत्रीको रूपमा आफ्नो स्थान कायम राखेकी उनले सयभन्दा बढी भारतीय चलचित्रमा अभिनय गरिन जसमा सबैभन्दा सफल प्यासा (१९५७), धूल का फूल (१९५९), अनपढदिल तेरा दिवाना (दुवै १९६२), गुमराह(१९६३), हिमालय की गोद मे (१९६५) र आँखे (१९६८) रहेको छ ।

 

 

प्रतिक्रिया