अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

कब्वेब ब्यान्ड सान्फ्रान्सिस्कोमा

बिआरटीनेपाल २०७४ साउन २३ गते १७:०५ मा प्रकाशित

आज भन्दा करिब २५ वर्ष अगाडी जन्मिएको नेपालको एक बहुचर्चित ब्याण्ड हो कब्वेब । हिट रक एल्बम हरू मर्सिडिज बेन्ज, रोलिङ्ग इस्ट्रिंग, रक एण्ड रोल, स्विंग जस्ता चर्चित एल्बमहरू दिईसकेको युवाहरूको लोकप्रिय ब्याण्ड “कब् वेब ” (Cobweb ) ले आफ्नो २५ वर्ष पुगेको अवसरमा गर्न लागेको अमेरिका टुरको सुरुवात सन् फ्रान्सिको बे एरिया ओकल्याण्डबाट गर्न लागेको हो । अगस्ट २७ तारिक आइतबार हुने उक्त कार्यक्रमको स्थानीय आयोजक सेलरोटी इन्टरटेनमेन्ट हो । कार्यक्रममा धेरै भन्दा धेरैको सहभागिता होस् भनेर आयोजकले टिकट को मूल्य $२५ (पहिले किनेमा) $३० (ढोकामा किनेमा) मात्रै राखेको छ । सोहिदिन राति ९ बजे सुरुहुने उक्त कन्सर्टमा प्रवेशको लागि ८.३० बजे देखि ढोका खोलिनेछ । ब्याण्डको प्रस्तुति लगतै ११.३० देखि १ बजे सम्म डिजे एस बाबुले त्यहाँ उपस्थित दर्शकहरुलाई आफ्नो मिक्समा नचाउने छन् र एस कार्यक्रमको अफ़िसिअल मिडिया पार्टनर बिआरटी नेपाल डट पनि रहेको छ ।

थप जानकारी:-
COBWEB LIVE IN SF BAY AREA (First Show in US)
27th August 2017 (Sunday), Door Opens: 8:30 pm Sharp
Oakland Metro Opera House: 522 2nd Street, Oakland
Online Tickets Available at: www.cobweb.eventbrite.com

प्रतिक्रिया