अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

दमकको फोहोर व्यावस्थापन सिङो नगर कै चुनौती

बिआरटीनेपाल २०७४ साउन १९ गते ३:४८ मा प्रकाशित

विगत लामो समयदेखि दमकमा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा सिङो नगर कै चुनौती बन्दै आइरहेको छ । फोहोर ब्यवस्थापनका लागि नगरपालिकाले विगतबाट धेरै प्रयासहरु गर्दैै आएको भएपनि यसको दिगो समाधान अझै हुन सकेको छैन । फोहोरको दिगो व्यावस्थापन हुन नसक्दा नगरपालिकालाई बारम्बर यो समस्याले टाउको दुखाउने गरेको छ ।

नगरको फोहोर उचित व्यावस्थापनकालागि प्रयास पनि नभएका भने होइनन । तर उत्पन्न यो समस्याले नगरपालिका र स्थानीय हरुका विच बेला बखत वाक युद्ध समेत हुने गरेको छ । नगरपालिकाले दमकको फोहोरलाई उचित व्यवस्थापन गर्नकालागि दमकको हम्से दुम्से सामुदायीक वन अन्र्तगतको रतुवा खोला किनार आधुनिक र ब्यवस्थित डम्पिङ साइड निर्माणको अबधारणा अघि बडाइ सकेको भएपनि समस्या भने उस्तै छ ।

दमकको शहरी क्षेत्रमा उत्पादन भएको फोहोरलाई स्थानियले सो स्थानमा फोहोर विर्सजन हुन नदिएपछि दमकको फोहोर उठन सकेको थिएन । सो स्थानमा समेत फोहोरको उचित व्यवस्थापन हुन नसक्दा फोहोरकै कारण बिभिन्न रोग फैलिए पछि मानवीय तथा तथा पशु पंछिलाई समेत असर गरेको भन्दै स्थानीयहरुले सो स्थानमा समेत फोहोर फाल्न रोक लगाएका थिए ।

दमकको फोहोर ब्यवस्थापन गर्ने जिम्मा लिएको पाथ वे नेपालले सो स्थानमा अव ३ महिना मात्र फोहोर फ्याक्ने जनाएको छ । ३ महिनापछि फोहोरको उचित व्यवस्थापन हुने पाथ वे नेपालका अध्यक्ष सुवास बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू