अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

गायिका रेश्मा बम्जन लोक सेलो लिएर बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन १८ गते ८:१३ मा प्रकाशित

गायिका रेश्मा बम्जन आफ्नो पहिलो गीत ‘डम्फू र सेलो…’ लिएर दर्शकमाझ आएकी छिन् । लोक सेलो शैलीको उक्त गीतको म्युजिक भिडियो कम समयमै दर्शकको रोजाइमा परेको छ । विगत केही वर्षदेखि संगीतकर्मी प्रकाश गुरुङ तथा चण्डिप्रसाद काफ्लेसंग आधुनिक तथा शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेकी यी गायिकाले पहिलो रेकर्डलाई लागि सेलो गीत रोजेकी हुन् ।

आफ्नो गीति एल्बम ‘प्रथमा’ को अन्तिम तयारीमा रहेकी गायिका बम्जनले सोही एल्बमको शीर्षक गीतको म्युजिक भिडियो यूट्युबको सङ्सनेपाल च्यानलबाट सार्वजनिक गरेकी हुन् । सार्वजनिक भएको केही दिनमै भिडियो झन्डै डेढ लाख पटक हेरिएको छ ।

फूलकुमार बम्जनका शब्द तथा संगीतको उक्त गीतलाई फनिन्द्र राईले संगीत संयोजन गरेका हुन् । काठमाडौं वरपरका रमणीय लोकेशनमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडियोमा रोशन लामा तथा रोहिणीले अभिनय गरेका छन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।

गायिका बम्जनले आफ्नो डेब्यू एल्बम प्रथमामा छ वटा गीत समावेश गर्ने बताएकी छिन् ।

 

प्रतिक्रिया