अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

‘आई लभ यु २’ ट्रेन्डिङको पहिलो स्थानमा

बिआरटीनेपाल २०७४ साउन १७ गते २०:५१ मा प्रकाशित

युट्युबमा चर्चित बनेको ग्रुप ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको म्यूजिक भिडियो ‘जता जता पिरतीको बाटो…’ नेपालको ट्रेन्डिङमा पहिलो नंबरमा आएको छ । अपलोड गरिएको केहि १२ घण्टामानै गीत नेपालको ट्रेन्डिङमा पहिलो स्थानमा पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भिडियोलाई २ लाख ९८ हजारभन्दा धेरैपटक हेरिएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेल बताइएको छ ।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । यो भिडियोमा संजय लामाको छायांकन छ ।

पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा नायक पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ । कार्टुन्ज क्रुले यो भिडियोलाई आफूहरुको कमब्याक बताएको छ ।

प्रतिक्रिया