अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्छः सञ्चार मन्त्री बस्नेत

बिआरटीनेपाल २०७४ साउन १६ गते १९:०४ मा प्रकाशित

काठमाडौँ, १६ साउन । गतवर्ष काम गरेको न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेकोमा पत्रकारले गुनासो व्यक्त गरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सम्मानमा नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतसंग उनीहरूले त्यस्तो गुनासो व्यक्त गरेका हुन् ।

उनीहरूले श्रमजीवी पत्रकारले न्यूनतम मापदण्डअनुरुपको पारिश्रमिक नपाउनु दुर्भाग्यपूर्ण रहेकोप्रति मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा मन्त्री बस्नेतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि निश्पक्ष र स्वतन्त्ररुपमा कलम चलाउन आग्रह गर्नुभयो ।

“जहाँ चुनौती छ, त्यही क्षमता प्रदर्शन गर्नुपर्छ,” उहाँले भन्नुभयो – “मुलुकको समृद्धिका लागि सत्यतथ्य र यर्थातपरक समाचार सम्प्रेषण गर्नु पत्रकारको साझा दायित्व हो ।” न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० तोकेको छ । अहिलेसम्म लगभग ३२ प्रतिशत पत्रकारले तोकिएको पारिश्रमिक पाउन सकेका छैनन् ।

श्रमजीवी पत्रकार ऐनमा प्रत्येक दुई वर्षमा श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने उल्लेख छ, तर पत्रकारले गत वर्ष कामगरेको पारिश्रमिक समेत पाउन सकेका छैनन् । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले श्रमजीवी पत्रकारका पक्षमा काम गर्न सञ्चार मन्त्रीसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू