अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

चलचित्र विकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउँदै

बिआरटीनेपाल २०७४ साउन १५ गते ३:४२ मा प्रकाशित

नेपाली चलचित्रको विकास र प्रबर्द्धन गर्नका लागी खुलेको चलचित्र विकास बोर्डमा यति खेर अध्यक्षको पदका लागी साम दाम दण्ड भेद प्रयोग गरी धेरै चलचित्रकर्मिहरु आ-आफ्नो दुनो सोज्याउने होडबाजीमा लागेका छन् र नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारको मन्त्रीमंडल गठन सँगै केही चलचित्र कर्मीहरु नेताहरूलाई खुसी बनाउन भेट्घाट्मा व्यस्त छन् भने अबको कार्यकालको लागि चलचित्र विकास बोर्डको अधक्ष्य को बन्ने भनेर लागि परेका छन् ।

जुन जोगी आए पनि कान नै चिरेको भने जस्तै जुन पार्टीको सरकार आए पनि पदका लागि दौडाहा सुरु भईहाल्छ । विगत २/३ वर्ष यता विकास बोर्डको अध्यक्षका लागी पैसाको आर्थिक चलखेल हुन थालेको छ ,पैसा भए उक्त पदमा जान सक्ने नत्र जस्तै क्षमतावान भए पनि आकाशको फल आँखा तानी मर भने जस्तै भएको छ । सरकार बन्नु अगाडि २०७४ जेठ २४ गते देखी विकास बोर्डमा अध्यक्ष पद खाली छ,सरकार कहिले बन्ला र अधक्ष्य पदमा लड्ने भनेर पर्खनेहरु धेरै भए, सरकार बनिसके पछि लड्ने लडाउनेहरुको पनि कमी भएन । राजनीतिक शरण लिएर आर्थिक चलखेल गर्दै जसले बढी पैसा बुझाउन सक्यो उसैको हातमा उक्त पद जाने परम्पराको विकास नेपाली काँग्रेसले बनाउन थालेका छ । पदलाई मर्यादित, ब्यबस्थित् बनाउन तिर होइन पैसामा बिकाउन लागे पछि चलचित्र क्षेत्र भोलिको दिनमा कुन दिशा तर्फ जादै छ भनेर बुज्ने ?

चलचित्र विकास बोर्डको अधक्ष्य पदका केही नयाँ तथा पुराना अनुहारहरु अहिले नेपाली काँग्रेसका शक्तिशाली नेता देखि लिएर पैसाको लागि बिक्ने भनेर चिनिएका केही नेता तथा नेत्रीहरुको घरदैलोमा चाप्लुसी गर्न र आफू नेपाली काँग्रेसको बिस्वाशिलो पात्र भएको र आर्थिक रूपमा समेत सक्षम रहेको र भेटि बुजाउन सक्छु भनेर प्रमाणित गर्न दिनका दिन नेताको चाकडीमा लागीका छन् l केही त्यस्ता झुण्डहरु अहिले अधक्ष्य पदको लागि दौडधुप गर्दै नेता तथा नेत्री खुसी बनाउन पछि लागेको कुरा जानकारहरु बताउछन l

सबैले आ-आफूलाई बलियो सम्झिएपनी कसैको नाम भने निश्चित भएको छैन। कुनै पनि पदलाई मर्यादित बनाउन सक्यो भने त्यस्को प्रतिफल मिठो आउँछ नत्र सबै तिर भन्सारनै बनाउँदै लैजाने हो भने पैसामै सबै पद बेचिदिए हुन्छ । मर्यदाको नाममा पुरुषहरूको नाम मात्र होइन अब हरेक तह र तप्कामा एक पटक महिलाहरूलाई पनि नेतृत्व दिएर हेर्ने हो कि चलचित्र विकास बोर्डमा ?महिलाहरूलाई सदस्यमा मात्र होइन ठुलो पदमा पनि लैजानुपर्छ भन्ने आवाज महिला चलचित्रकर्मीहरु बाट पनि उठ्न थालेको छ भने महिला प्रतिश्प्रधिहरु पनि अधक्ष्य पदको लागि भिड्न तयार रहेको सङ्केत दिइसकेका छन् l

अहिले सम्पूर्ण चलचित्रकर्मीहरुको एउटै आवाज रहेको छ चलचित्र विकास बोर्डमा कुनै पनि राजनीति तथा आर्थिक हस्तक्षेप बिना सक्षम व्यक्तिले नेतृत्व हुनु पर्छ र मात्र नेपाली चलचित्रको विकास र प्रबर्धन हुन्छ l राजनीति नियुक्तिको नाममा चलचित्र विकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउनु हुन्न भन्ने सबैको चाहना समेत रहेको छ l

प्रतिक्रिया