अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

जेष्ठ नागरिकको सम्मानको जिम्मेवारी सरकारले लिनुपर्छ – मन्त्री कोइराला

बिआरटीनेपाल २०७४ साउन १४ गते ६:०५ मा प्रकाशित

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मान पूर्वक बाँच्ने अधिकार सरकारले मिलाइ दिनुपर्ने बताउनु भयो ।
अग्रज समाज नेपालले आज भक्तपुरमा गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले राज्यले ज्येष्ठ नागरिकलाई जिम्मा लिई उनीहरुको बाँच्नु पर्ने अधिकार सरकारले मिलाइ दिनु पर्ने बताउनु भयो ।

उहाँले आफ्नो परिवार, समाज, स्थानिय तह र राज्यले ज्येष्ठ नागरिकलाई अबहेलना गर्नेलाई तिरस्कार गर्दै जान सके ज्येष्ठ नागरिकहरुले दुःख नपाउने बताउनु भयो । अहिले राज्यले बाँडिरहेको भत्ता उपयुक्त नभएको भन्दै उहाँले जेष्ठ नागरिकलाई भत्ता मात्रै दिने नभई उनीहरुको सम्पूर्ण जिम्मेवारी राज्यले नै लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

अग्रज समाज नेपालले नवनियुक्त मन्त्री कोइराला, नवनिर्वाचित स्थानिय तहका जनप्रतिनिधी तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू