अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७
| Colorodo: 17:02
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन २०७४ को प्रचार प्रसार कार्यलाई सुव्यवस्थित गर्न बनाएको स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिको २ नं प्रदेश स्तरीय विशेष भेला शनिवार जनकपुरधाममा प्रारम्भ भएको छ ।
भेलामा २ नं प्रदेशका आठ वटै जिल्लाका नेपाल प्रेस युनियनका सभापति, सचिव र हरेक जिल्लाका प्रचार प्रसार समितिका संयोजक सहित संबन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसदहरुको पनि उपस्थिति रहेको छ ।
भेलाले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रचार प्रसार कार्यलाई सुव्यवस्थित गराउने सम्बन्धमा छलफल गरि विभिन्न निर्णय लिने बताइएको छ ।