अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

सरकारले दुई तिहाई पछि मात्र संसदमा संविधान संशोधन प्रस्ताव लैजाने – प्रवक्ता भुसाल

बिआरटीनेपाल २०७४ साउन १३ गते ५:१४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसदमा जब दुई तिहाई मत पुग्छ तब संसदमा संविधान संशोधन प्रस्ताव सरकारले लैजाने बताएकी छिन् ।
रफत सञ्चार क्लवमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले अहिले संसदमा दुई तिहाई मत नभएकोले संशोधन प्रस्ताव लैजानुको अर्थ नभएको भन्दै सरकार संशोधन प्रस्तावको लागि दुई तिहाईको कसरतमा लागेको बताउनु भयो ।

उहाँले राप्रपाले सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत दिनेमा सरकार बिश्वस्त रहेको बताउनु भयो ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिबेदन आउने र संसदबाट निर्वाचन सम्बन्धी विधेयक छिट्टै पारित हुने भन्दै उहाँले त्यस पछि बाँकी रहेको तेस्रो चरणको स्थानिय तहको चुनाव, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुने बताउनु भयो ।

आफ्नो पार्टीमा ठूलो महाधिवेशन आयोजक समिति भद्दा देखिएकोले पार्टीको बैठकले सानो बनाएको भन्दै उहाँले तेस्रो चरणको स्थानिय तहको चुनाव, प्रदेश र केन्द्रको निर्वाचन पछि मात्र आफ्नो पार्टीको माहधिबेशन हुने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू