अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

शीतल शर्माको “नमुना जोडी” बजारमा

बिआरटीनेपाल २०७४ साउन १२ गते ९:४२ मा प्रकाशित

साङ्गीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायिका तथा उद्घोषक शीतल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली “नमुना जोडी ” सार्वजनिक गरेकी छिन । बिन्ध्यबासिनी म्युजिकले बजार व्यवस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्म्सले गरेको छ । भिडियोको निर्देशन छायाङ्कन र सम्पादन विष्णु भट्टराईले गरेका छन् । आफ्नो जोडीलाई नमुना जोडी बनाऊ भन्दै माया र विश्वासका शब्दहरूले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ l बुटवलकै कलाकार राज केसी, मिनुज़ राना मगर, शीतल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मीनूजले नै नृत्य निर्देशकको भूमिका निभायका छन् र सगुन शर्माको श्रीन्गार रहेको छ । बुटवलको चर्चित अम्रपालिमा छायाङ्कन भएको भिडियोले दर्शकको मन जित्ने निर्माण पक्ष बताउछ । राजेन्द्र भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शीतल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ ।

प्रतिक्रिया