अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

बीबीको ‘फुयाँल सुटिङ स्टुडियो’को उद्घाटन नायक निखिल उप्रेतीको हातबाट

बिआरटीनेपाल २०७४ साउन ११ गते ७:२० मा प्रकाशित

नायक निखिल उप्रेतीले भक्तपुरमा फुयाँल सुटिङ स्टुडियोको उद्घाटन गरेका छन् । युवा निर्देशक बीबी फुयाँलले मध्यपुर थिमीको राधे राधे नजिकै बोडेमा सञ्चलानमा ल्याएको फुयाँल सुटिङ स्टुडियाको बुधबार उप्रेतीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

‘नेपाली चलचित्र मात्र होइन म्युजिक भिडियोदेखि टेलिश्रृंखला सम्मले छायांकन स्थलको अभाव महसुस गरिरहेको पृष्ठभूमिलाई ध्यान दिँदै मेरो एकल प्रयासमा सुविधा सम्पन्न स्टुडियो निर्माण गरेको हुँ’, उद्घाटन कार्यक्रममा बीबीले भने ।

बेड रुम, लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सुविधा उपलब्ध छ स्टुडियोमा । ‘मैले स्टुडियो निर्माणका लागि झन्डै एक वर्ष खर्चिए स्टुडियोलाई अन्तर्राष्ट्रियस्तरको बनेको छ’, उनले भने । दुई महिनामा अर्को भवन पनि तयार गरिने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि निखिल उप्रेतीले अब राजधानीको नजिकै सुविधासम्मपन्न स्टुडियो निर्माण भए पछि चलचित्र, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म सबै गर्न सजिलो हुने भयो भन्दै सफलताको शुभकामना दिए ।

ज्याक श्रेष्ठ, ज्योती काफ्ले, रोयदीप श्रेष्ठलगयातका कलाकारहरुको बाक्लो उपस्थिति रहेको उद्घाटन कार्यक्रममा सबैले स्टुडियोको तारिफ गर्दै बीबीलाई शुभकामना तथा बधाई दिएका थिए ।

युवा निर्देशक बीबीले नेपाली क्रिकेटमा आधारित ‘च्याम्पियन’ सहित झन्डै आधादर्जन चलचित्र निर्देशन गरिसकेका छन् । उनले चलचित्रको निर्देशनको साटो चलचित्रको छायांकन स्थललाई व्यवस्थित बनाउने अभियानका रुपमा नेपालमा सेट लगाएर छायांकन गरिने ट्रेन्ड विकसित भएसँगै एउटै छानामुनि हरेक प्रकारका छायाँकन गर्न सकिने अत्याधुनिक स्टुडियो तयार पारेर सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया