अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

छ लाखसहित एघार जुवाडे पक्राउ

बिआरटीनेपाल २०७४ साउन १० गते १४:३३ मा प्रकाशित

भीमदत्तनगर, साउन १० गते । कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले आज दिउँसो जुवा खेलिरहेका एघार जुवाडे पक्राउ गरेको छ ।

भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकीछिपी जुवा खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी एघार जनालाई रु पाँच लाख ९४ हजार ३२० रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकाया नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट तास, एक थान मोटरसाइकल र दश थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक रोकायाले एघार जुवाडे पक्राउ गरिएको बताउँदै उनीहरूको साथमा बरामद सामग्रीको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उनीहरूको समूह कैलाली र कञ्चनपुरका विभिन्न जङ्गलदेखि कोठा भाडामा समेत लिएर प्रहरीलाई छलेर लामो समयदेखि जुवा खेल्दै आएको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू