अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

भारतमा पाँच तले भवन भत्किँदा तीनको मृत्यु, दर्जनौं भग्नावशेषमा पुरिएको आशंका

बिआरटीनेपाल २०७४ साउन १० गते ६:१८ मा प्रकाशित

भारतको  मुम्बईमा मङ्गलबार  पाँच तले भवन भत्किँदा तीन व्यक्तिको मृत्यु भएको छ । यस घटनाबाट नौ व्यक्तिलाई उद्धार गरिएको र भवन भग्नावशेषमा पुरिएर दर्जनौ व्यक्ति रहेका उद्धारकर्ताहरुले आशङ्का गरेका छन ।

अग्नी नियन्त्रक कार्यायलका एक अधिकारीका अनुसार यस घटनाको उद्वारकार्य लगातार जारी रहेको र करिब तीन दर्जन व्यक्ति अझै भवन भग्नावशेषमा पुरिएका छन । यस घटनामा उद्वार गरिएका नौ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताइएको छ । यो भवन के कति कारण भवन भत्किँएको हो सो कारण हाल पत्ता लागेको छैन । मुम्बईको घाटकोपार क्षेत्र रहेको सो पाँच तल्ले भवन भत्किएको थियो ।

भारतमा भवन भत्किँनु एक साधारण घटनामा रुपमा रहेको छ ।बारम्बार यस्तो घटना भएको पाइन्छ ।
सन् २०१३ मा मुम्बईमा गैरकानूनी रुपमा निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू