अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१
| Colorodo: 06:36
धादिङको गजुरी गाउँपालिका–२ छहरामा दुईवटा माईक्रो बस एक आपसमा ठोक्किँदा २० जना घाईते भएका छन् । मंगलबार काठमाडौंबाट चितवनका लागि छुटेको बा ३ ख ३८ नम्बरको माइक्रोबस र गोर्खाबाट काठमाडौंका लागि छुटेको बा १ ज ५८७० नम्बरको माईक्रोबस ठोक्किँदा २० जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने घाइतेमध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौं ल्याईएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।