अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

मोडल लिला गिरीको अपिल

बिआरटीनेपाल २०७४ साउन १० गते ५:०७ मा प्रकाशित

मोडल लिला गिरी सुन्दरादेवी सन्देश म्युजिक अवार्डको लोकदोहोरी तर्फ उत्कृष्ट ५ मोडलमा पर्न सफल भएकी छिन् । उनले उत्कृष्ट ५ मा परेपछि जिताउन सबैसंग अपिल गरेकी छिन् ।

हामी संगको कुराकानीमा मोडल गिरीले भनिन् –‘दर्शक श्रोत्ताको मायाले यहाँसम्म आइपुगेको छु, अब यो अवार्ड जिताउने हात दर्शक श्रोताको हो । ’ मेरो लागि दर्शक श्रोता भनेका भगवान हुन जसको कारण आज यो स्थानसम्म आइपुगेको छु र आगामी दिनमा पनि अझ मायाको अपेच्क्षा रहेको बताइन । १५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरी सकेकी लिलाले सबैसंग भोट मागेकी छिन् ।

उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर SSMA एक स्पेश दिएर 83 टाइप गरी 33001 मा पठाउन सकिने छ । नेपाली कलाकारितामा उनलाई सम्भावना भएको सफल मोडलको रुपमा हेरिन्छ ।

प्रतिक्रिया