अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

गायिका मनिषा राईको तीज गीत ‘झुम्का लगाउँछु’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ८ गते १०:४७ मा प्रकाशित

नारीहरुको महान चांड हारितालिका तीज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तीज गीतहरु आउने क्रममा फेरि अर्को तीज गीत “झुम्का लगाउँछु“ रिलिज भएको छ । गीतकार सुमन कार्कीको शब्द, सिडी विजय अधिकारीको संगीत,राजु कार्कीको एरेञ्ज र गायिका मनिषा राईको आवाजमा उक्त गीत युट्युब मार्फत भर्खरै सार्बजनिक गरिएको हो ।

सिडीएम म्युजिक क्रिएशनको प्रस्तुतिमा रहेको सो गीतको भिडियो निर्देशन जीवन शाहीले गरेका हुन् भने मोडल पार्वती राईको अभिनय यस भिडियोमा देख्न सकिन्छ ।

सन्तोष राजबहाकले नृत्य निर्देशन गरेको भिडियोलाई उत्सब दहालले खिचेका हुन् र सम्पादन अर्जुन पोखरेलले गरेका छन् ।

 

प्रतिक्रिया