अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

२८ बर्ष पहिले ‘तिजको रहर आयो बरिलै’ लेखेका चेतन कार्की र ठमेल बजारकी मिनाको मौलिक तिज गीत (भिडियो)

बिआरटीनेपाल २०७४ साउन ७ गते ८:४५ मा प्रकाशित

ठमेल बजार र काले दाई काले दाईबाट अत्याधिक चर्चा बटुलेकी गायिका मिना निरौलाको तिज गीत बजारमा आएको छ । बरिष्ठ गीतकार चेतन कार्कीको शब्द र शिलाबहादुर मोक्तानको संगीत रहेको तिज गीत बर्ष दिनको तिजमा बाबा लिन आएनन् मौलिक तिज गीत भिडियो सहित गायीका निरौलाको आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

नायीका दिया मास्के र मिथिला शर्माको अभिनय रहेको बर्ष दिनको तिजमा गीत पुरानो टिपिकल तिज गीत हो । समन अधिकारीले निर्देशन गरेको भिडियोमा नेपाली तीज गीतको मुल मर्म अनुरुपको नृत्य रहेको छ । गीतकार कार्कीको यो दोस्रो तिज गीत हो । कार्कीले २८ बर्ष पहिले चलचित्र कन्यादानका लागि लेखेको तिजको रहर आयो बरिलैले आज पनि नेपाली सांगितीक क्षेत्रमा उत्तीकै लोकप्रियता बोकेको छ ।

प्रतिक्रिया