अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

छक्का पञ्जा २ को “हे दाजु नसमाऊ नाडीमा” बोलको गीत युट्युब मार्फत सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ६ गते ६:३४ मा प्रकाशित

काठमाडौँ । यसै वर्षमा प्रदर्शन हुने चलचित्र ‘छक्का पञ्जा २’ को गीत सार्वजनिक भएको छ । शुक्रवार बिहान युट्युब मार्फत रिलिज भएको ‘हे दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा’ बोलको गीत लोकलयमा आधारित छ ।

गीत केदार घिमिरे, वर्षा राउत, जितु नेपाल, स्वस्तिमा खड्का र स्वरूप सिंह गाडीको यात्राका क्रममा छायाङ्कन गरिएको छ । प्रिन्स र दीपकराज गिरीले लेखेको गीतलाई अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । सङ्गीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ भने नृत्यको कोरियोग्राफर कबिराज गहत राजले गरेका छन् ।

चलचित्रको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् भने उक्त चलचित्र आगामी असोज ११ गते रिलिज हुने भएको छ । चलचित्रको निर्माण दीपकराज गिरीले गरेका छन् ।

प्रतिक्रिया