अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

गायिका मधु क्षेत्रीको तिज गीत ‘कुरा काटे पातै फरर’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ३ गते ३:४६ मा प्रकाशित

गायिका मधु क्षेत्रीले तीज गीत पातै फरर लिएर आएकी छन् । आशिष म्युजिक प्रा.लिले बजारमा ल्याएको यो गीतमा मधुले नै कम्मर मर्काएकी छन् । उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन् । भद्र वलीको शब्द÷सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन् भने सम्पादन राजेशकुमारले ।

थुप्रै गीत मार्फत दर्शक–स्रोताको मन जित्न सफल मधुको केही महिना मधुको ‘ब्युटी ब्युटी छ….’ले राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तीज गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन । ‘मैले यसैलाई मध्यनजर गर्दै पातै फरर… बजारमा ल्याएकी हुँ’, उनले भनिन् ।

गत ७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह र पदमादेवी सिङ्गालको कोखबाट जन्मेकी मधुले सबै खाले गीत गाउने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीत रहेको छ । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् ।

‘दोहोरीमा अहिले फोहरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देशबाहिरका विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै यसपालीको तीज गीत ‘पातै फरर…’ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।

प्रतिक्रिया