अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

सदिक्षाको डान्सिङ गीत ‘छोटो छोटो भो’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन २ गते ४:१७ मा प्रकाशित
नेपाली डान्सिङ् गीत ‘छोटो छोटो’को भिडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका तथा गीतकार सदिक्षा सेजुवालको यस गीतको अडियो तथा भिडियो लोकार्पण गरिएको हो ।
‘छोटो छोटो’ गीतमा शंकर थापा ‘स्माईल’को संगीत रहेको छ भने शब्द तथा स्वर सदिक्षाको रहेको छ । विकाश सुवेदी निर्देशित भिडियोमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री तथा नेपाली ठिटोज् ग्रूपका सदस्यहरुको अभिनय छ । अनिल के. मानन्धरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।
अडियो-भिडियो सार्वजनिक गर्दै गायिका सेजुवालले सोचेभन्दा राम्रो भिडियो बनेको बताएकी छिन् । उनले पहिलोपटक मोडलिङ् गर्दा शुरुमा गाह्रो भएतापनि टीम राम्रो हुँदा सहज भएको बताईन् । नेपाली ठिटोजका सुनिल क्षेत्रीले मोडल अनिल थापासँग काम गर्न पाउँदा खुशी लागेको बताए । निर्देशक विकास सुवेदीले लामो समयदेखी यो टीमसँग काम गर्न पाउँदा खुशी व्यक्त गरे ।
उदयराज पौडेलको संगीत संयोजन रहेको यस गीतको अडियो दश म्यूजिकले व्यबस्थापन गरेको छ ।

प्रतिक्रिया