अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

चलचित्र सिग्नेचरलाई ‘अवार्ड अफ एक्सिलेन्स’

बिआरटीनेपाल २०७४ असार २९ गते ४:२० मा प्रकाशित

सोच नै मानवीय आचरण र व्यवहारको जड हो भन्दै शुरु भएको ‘सिग्नेचर मुभि थिङक पोजेटिभ ग्लोबल क्याम्पेन’को प्रारम्भ भएको छ । सभ्य सिर्जनाको प्रस्तुति, एएचएफको सहयोग, अर्किड केयर होमको प्रमुख सहकार्यमा प्रज्ञा भवन कमलादीमा एक दिने इभेन्टका रुपमा सम्पन्न भएको उक्त कार्यक्रमको आयोजना स्कूल फाउण्डेसनले गरेको हो ।

कार्यक्रमलाई रेड सर्कल क्रिएटिभ सोलुसनले व्यवस्थापन गरेको थियो । उक्त भव्य अभियानमा एजुकेसन एण्ड माइग्रेसन कर्नर, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर पनि साथमा रहेका थिए ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय एडस् तथा यौन रोग नियन्त्रण केन्द्र(एनसिएएससी)का निर्देशक डा. तरुण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सिग्नेचर मुभि थिङ्क पोजेटिभ ग्लोबल क्याम्पेनलाई ‘अवार्ड अफ एक्सिलेन्स’ प्रदान गरिएको थियो। कार्यक्रमा एएचएफका कन्ट्री प्रोग्राम म्यानेजर दिपक ढुङ्गेल, मनमोहन मेमोरियल कलेजका संस्थापक कार्यकारी निर्देशक डा. बाबुराम अधिकारी, काठमाडौँ प्याब्शनका पूर्व अध्यक्ष तथा माउण्ट ग्लोरी स्कुलका प्रन्सिपल गोपाल आचार्य, अर्किड केयर होमकी एग्जुकिटिभ चियर पर्सन यमुना कटुवाललगायतका अतिथिको उपस्थिति रहेको थियो ।

ओस्कार इन्टरनेसनल कलेज(कलेज अफ फिल्म स्टडिज),सभ्य सिर्जना प्रा.लि र स्कूल फाउन्डेसनका अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । गीतकार तथा निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र स्कुल फाउन्डेसनका महासचिव हुन्।चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेविडिसी, सरिता गिरीको अभिनय रहेको छ भने मुख्य सहायक निर्देशक तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ । चलचित्रमा निशान घिमिरेको सम्पादन तथा रङ्ग समायोजन, अच्युत सिटौलाको गीत, सङगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ,ललित सुव्वाको निर्माण संयोजन र कृष्ण थापाको निर्माण व्यवस्थापन ,लोगोरस्केच जया शर्मा,श्रृङ्गार शुशिला जोशीको रहेको छ ।

वास्तविक जीवन कथा वोकेको चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव,व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही वमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पर्न जाने असरलाई अत्यन्तै कलात्मक र जिवन्त तरिकाले प्रस्तुत गरिएको छ।

परिवारको सहि निगरानीको अभाव र खराव संगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र उनीहरुको जीवन कसरी क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ भने समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ।

PSYCHBIGYAAN NETWORK NEPAL ले दर्शकहरुको प्रतिक्रियाका आधारमा गरेको प्रारम्भिक सर्वेक्षण अनुसार कार्यक्रम अति प्रभावकारी रहेको र द्शकहरु आँफुमा सकारात्मक परिवर्तनका लागि प्रतिवद्द भएको निचोड निकालेको छ भने अधिकांश दर्शकहरुको राय यो चलचित्र समाजका सवै तह,तप्का,वर्ग र समूदायहरुले छुटाउन नहुने रहेको छ।

विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व,सञ्चारकर्मी र युवा जमातको उत्साहजनक शहभागिता रहेको सो कार्यक्रममा चलचित्र सिग्नेचर मुभिको स्क्रिनिङ,हस्ताक्षर अभियान र कलाकारहरुसँग छलफल कार्यक्रमका साथै निशुल्क स्वास्थ्य जाँच, रक्तदान, साइकोलोजिकल काउन्सिलिङ, निशुल्क कन्डम वितरण तथा ज्क्ष्ख् ब्क्ष्म्क् ऋयगलअभष्लिन जस्ता क्रियाकलापहरु पनि सम्पन्न भएका थिए । यो अभियान र चलचित्रलाई यूएनएडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटी, नेसनल सेन्टर फर एडस् एन्ड एसटीडी कन्ट्रोलले एक्नलेज्ड गरेका छन् ।

सकारात्मक सोचका लागि अभियानका रुपमा अगाडि बढेको यस चलचित्रले अवको कार्यक्रम विभिन्न संघ संस्था सँग सहकार्य गर्दै नेपालभरिका विभिन्न स्थानहरुमा सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ भने भदौ महिनामा पोखरामा गरिने कार्यक्रम तय भैसकेको छ।

प्रतिक्रिया