अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

के-के गर्दैछन् त गायिका योजना पुरी ‘यसपालीको तिजमा’ ?

बिआरटीनेपाल २०७४ असार २९ गते २:३८ मा प्रकाशित

संचारकर्मीको रुपमा स्थापित योजना पुरी सांगितिक क्षेत्रमा पनि छुट्टै पहिचान बनाएकी गायीका हुन् । योजनाले भर्खरै यसपालीको तिजमा बोलको गीत बजारमा ल्याएकी छन् । कृष्ण पौडेलको शब्द र गौरव दर्पणको संगीत रहेको यो गीत कुशल सिंहको एरेन्जमा तयार भएको हो ।

नारी आफैंमा शक्षम छन् भन्ने भाव बोकेको गीतमा यसपालिको तिजमा रुन्चे गीत नगाउने देखी आमाको महत्व र देश प्रतिको दाहित्व समेतलाई समेटिएको छ । भिडियो सहित सार्वजनिक गरिएको गीतमा बिजेता पुरी र गायिका स्वयंको मुख्य अभिनय रहेको छ ।

फराज अर्पणको निर्देशन, छायाँकन र सम्पादनमा तयार भएको भिडियोलाई गायीका योजना पुरीकै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

प्रतिक्रिया