मध्यपुर ठिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रको समग्र विकासका लागी जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुरथिमि क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
नगर क्षेत्रको समग्र विकासका लागि गएका बर्षको तुलनामा ३ गुणाबढी बजेट विनियोजन गर्ने बताउँदै उहाँले ३० गते नगरपरिषद् समापनका दिन विनियोजन बजेट सार्वजनिक गरिने जानकारी दिनुभयो ।
मध्यपुरथिमिमा नक्सापास र भवन निर्माणका साथै यस क्षेत्रका नागरिकलाई करको दायरामा ल्याउने काम एकदमै चुनौती रहेको भएपनि यसको कार्यान्वयनका लागि नगरपालिका लागि परेको उहाँले बताउनुभयो ।
उहाँले मध्यपुरथिमी नगरपालिका क्षेत्रमा अहिलेसम्म २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको जानकारी दिनुभयो । यस नगरमा अझै ८० प्रतिशत नागरिक करको दायरामा आउन सकेका छैनन् ।