अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

गायक एसराजको ‘बाडुली’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार २८ गते ३:१२ मा प्रकाशित

गायक एसराज कुमारको बाडुली… सार्वजनिक भएको छ । एसराजलाई यस गीतमा मेलिना राईले स्वरमा साथ दिएका छन् । एसराजकै शब्द रचना रहेको गीतमा थानेश्वर गौतमले सङ्गीत भरेका छन् ।

सञ्चारकर्मी (भोला दीप यात्री)को निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक एस राज र रङ्गकर्मी अमृता खनाललाई फिचरिङ गरिएको छ । रविन्द्र वरालले छायाँकन गरेको भिडियोको सम्पादन जितेन्द्र राजोपाध्यायले गरेका हुन् । यसको बजार ब्यवस्थापन एभरेस्ट ग्यालरीले गरेको छ ।

एसराजका दुई गीत किन किन सानी… र हुदैन हुदैन कनेक्ट हुदैन… पनि छिट्टै सार्वजनिक गर्न लागेको उनले बताए । ‘बाडुलीले छोटो समयमै र्दशक–स्रोताको मन जित्दै छ, राम्रो प्रतिक्रिया पाइरहेको छु’, एसले भने ।

सानैदेखि गीत–सङ्गीत क्षेत्रमा होमिएका काभ्रेका एसराज मधुर, डान्सिङ र सबै खालका गीत मन पर्ने बताउँछन् । दीपक पाठकसँग गीत–सङ्गीत सिकेका उनले अबका दिनमा कस्ता कस्ता गीत पस्कने हुन त्यो त उनका आगमी दिनले तय गर्ने छ । व्यवसाय सँग-सँगै गीत सङ्गीतलाई अङ्गालेको एसराजको अहिलेलाई भने बाडुलीले राम्रै चर्चा पाएको छ ।

 

प्रतिक्रिया