अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

न्यूयोर्कमा रहेका र्यापर खोक्का बाबा नयाँ गीत ‘गोल्डेन चेन’ लिएर आउँदै

बिआरटीनेपाल २०७४ असार २७ गते ३:०७ मा प्रकाशित

प्रबाशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने तथा गीत संगीत सृजनामा आफु लाई व्यासत राख्ने जमातको कुनै कमी छैन । त्यही मध्ये खोक्का बाबा पनि एक हुन । सानै देखी कलाकारीतामा रुची राख्ने खोक्क बाबा न्यूयोर्क मा बसोबास गर्छन । अब केहि दिन भित्र मा नै “गोल्डेन चेन” नामक र्याप गीत लिएर आउन लागेका छन । केहि दिन अघी मात्र उक्त भिडियो को ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर अति मन पराए पछी दर्शक हरुको लागी हरेक बर्ष एउटा गित बजार मा लिएर आउने कुरा जान कारी गराए ।

उक्त गित एक र्याप गित हो जसमा नेपाली मादल र बासुरी समेत प्रयोग गरिए को छ । माया प्रेम साथै नेपाली राजनिती र बिचलित बेरोजगार युबा को भाबना पोखिएको छ।

फरक शैलीको कारण आफ्नो गीत निकै राम्रो हुनेमा र्यापर खोक्का बाबा बिश्वस्त छन । नेपाली गीत संगीतलाई बिश्व स्थरमा लिएर जानको लागी आफ्नो तर्फबाट सधै पहल हुने कुरा बताए । पोखरा निबासी खोक्का बाबा को बास्तबित नाम सुरेन्द्र बास्तोला हो ।

भर्खरै मात्र उक्त गीतको टीजर युटुब मार्फत सर्वजनीक गरीएको छ । उक्त याप गीतको म्युजिक भिडियोमा खोक्का बाबा, प्$म्, रंजीत गौली, अनु खड्का, केनी कैली, बाबु वाग्ले, सरोज ओली, शंक नारायण प्रजापती, दीवस वराल, ज्याक तामाङ, नेगी समकरदेज, ऐड्रीअ फाँस्र्टर ले अभिनय गरेका छन् । उक्त म्यूजीक भिडीयोलाई आर जे सि ले निर्देशन गरेका छन् भने क्यमेरामा शम्भु मोक्तानले साथ दिएका छन् । उक्त गित लाई रोवर्ट ब्राउनले मीक्सीङ गरेका हुन ।

प्रतिक्रिया