अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

चलचित्र ‘भुईँमान्छे’ को गीत सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार २५ गते ३:५० मा प्रकाशित

पोस्टमार्टम गर्ने ब्यक्तिको कथामा आधारित चलचित्र ‘भुईमान्छे’ को गीत सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको गीतको शब्द दयाराम पाण्डले लेखेका हुन् भने संगीत संयोजन चर्चित संगीतकार अर्जुन पोखरेलले गरेका छन् ।

४ मिनेट ५० सेकेण्ड लामो भिडियोमा चलचित्रका दुई पात्रहरुको यात्रलाई देखाईएको छ । भिडियोमा कलाकार रमेश बुढाथोकी र नायिका सिपोरा गुरुङलाई फिचरिङ गरिएको छ । भिडियोमा रमेश बुढाथोकीले सिपोरालाई मन पराएको अनुमान लगाउन सकिन्छ भने उनीहरु बिभिन्न स्थानहरु घुम्न गएको देख्न सकिन्छ ।

भदौ २ गतेदेखी प्रदर्शनमा आउने चलचित्र शैली इंटरटेनमेन्ट एण्ड मुभिज प्रा.ली र शैली थिएटरको प्रस्तुतीमा बनेको हो । निरुपा राज्य लक्ष्मी थापाको निर्माता रहेको चलचित्रको लेखन तथा निर्देशन नवराज बुढाथोकीले गरेका छन् । चलचित्रमा रमेश र सिपोराको अलावा सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिनी भट्टराई, सानु ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिक्रिया