अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

नेशनल खेलाडी संचारकर्मी दुर्गाराज पाण्डेको डेव्यू चलचित्र भदौबाट विश्वभर रिलिज ।

बिआरटीनेपाल २०७४ असार २४ गते २२:२९ मा प्रकाशित

 

रङ्ग हराएको जीवनलाई लिएर पर्दामा उतारीएको चलचित्र फिक्का हरितालिका तिजको अवसरमा यही भदौबाट नेपाल बाहेक विश्वभर प्रर्दशन हुने भएको छ । नेपालमा भने मङ्सिर १ गतेबाट प्रदर्शन हुनेछ । रिता खाति सुनारको कथा , पटकथा संवादमा बनेको चलचित्र फिक्कालाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन । एनआरएन अजय सुनुवार, संचारकर्मी समेत रहेका नेशनल मार्सल आर्ट प्लेयर एंव कलाकार दुर्गाराज पाण्डे, मोडल शर्मीला नेपालले यसै चलचित्रबाट नेपाली फिल्ममा डेव्यु गर्दैछन् भने चलचित्रमा संञ्चारकर्मी राधिका घिमिरे, ईश्वरी बराल, म्याक्टेन कालु, पैसा घिमिरे लगायतको पनि अभिनय रहेको छ । देउराली ईन्टरनेशनल र ट्रिक मिडियाको संयुक्त व्यानरमा बनेको चलचित्रको ९० प्रतिशत काम पुरा भएको निर्देशक खड्काले बताए ।

निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक समेत रहेकी निर्माता सुचित्रा श्रेष्ठले चलचित्रले कमर्सीयल विषय भन्दा पनि चलचित्रले नेपाली समाजको वास्तविक स्थिति झल्काएकोले चलचित्र राम्रो बनेको बताईन । चलचित्रको गीतमा चेतन सापकोटा, म्याकटेन कालु, रिता खाति शब्द रहेको छ भने शीर्ष गीतमा चेतन सापकोटाको शब्द, सङ्गीत र तुलसी शिवाकोटीको स्वर रहने बताइएको छ | चलचित्र राम्रो बनेको धारणा व्यत्त गर्दै ट्रिक मिडियाका अध्यक्ष नहकुल खड्काले विदेशमा रहेका नेपालीहरूको भने झनै मन छुने कुरामा विश्वस्त रहेको बताए । चलचित्रमा सन्तोष सुनारको छायाङ्कन, सुवोध श्रेष्ठको सम्पादन , अमित श्रेष्ठको पाश्र्व सङ्गीत रहेको छ भने चलचित्रको क्रियटीभ निर्देशन विश्वकै सानो किताब आधा इन्चका लेखक एन वि अन्जानले गरेका छन् । चलचित्र भदौको पहिलो सातादेखि विदेशमा प्रदर्शन हुने चलचित्रको मङ्सिर १ बाट नेपालभर वितरण सुुनिल मानन्धरले गर्न लागेको निर्माता श्रेष्ठले वताईन ।

प्रतिक्रिया