अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

गायिका बोहराको तीज गीत ‘झुम्का लाउली मायालु’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार २३ गते ६:३२ मा प्रकाशित

शिक्षण क्षेत्रमा आबद्ध सीता बोहराले यस वर्षको तीजलाई लक्षित गरी तीज गीत बजारमा ल्याएकी छिन् । पहिलो पटक गायिकाको रुपमा देखिएकी बोहोराले तिज गीत झुम्का लाउली मायालु लिएर आएकी हुन् ।

यस गीतमा गायिका बोहोरालाई साथ दिएका छन् गायक कमल बिसी माल्दाईले । बागेश्वरी म्युजिक कम्पनी मार्फत बजारमा आएको यो गीतको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा लोक दोहोरी क्षेत्रका चर्चित मोडल तथा डान्सर शंकर बिसी, गायिका स्वयं, वैभव अधिकारी र रक्षा कंडेलले अभिनय गरेका छन् ।
यस गीतका मोडल शंकर बिसील ले नै निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् ।

गायिका बोहराले पहिलो पटक तीज गीत बजारमा ल्याउन पाउँदा खुसी लागेको बताईन् । उनले भनिन्, ‛यो मेरो पहिलो प्रयास हो । पहिलो चोटि नै यसरी गीत सार्वजनिक गर्दा धेरै ठाउँबाट राम्रो प्रतिक्रिया पाईरहेकी छु । अब म गीत संगीत क्षेत्रमा पनि निरन्तर लागिरहने सोच बनाई सकेको छु ।’ आफ्नो बा आमाको प्रेरणाले नै आफू गीत संगीतमा लागेको हुँ ।

बैतडी जिल्लाको नुवादेउ गाउँकी चेली दार्जिलिङ रातो बंगलामा जन्मिएकी बोहराले भारतको देहरादुनबाट मास्टर डिग्री अध्ययन सकेर नेपाल फर्किएपछि गीत संगीतमा लाग्ने सोच बनाएकी थिईन् । सोही सोच अनुसार नै उनी अहिले गीत संगीतको क्षेत्रमा लागेकी हुन् ।

 

प्रतिक्रिया